दफा ७ख
तथ्याङ्क लाई प्रयोग वा प्रकाशित गर्नु अघि प्रमाणित गराउनु पर्ने
(१) दफा ७ क. बमोजिम तथ्याङ्क सङ्कलन गर्न स्वीकृति प्राप्त गर्ने व्यक्ति वा संस्थाले तथ्याङ्क सङ्क लन गरी त्यसलाई प्रयोगमा ल्याउन वा प्रकाशित गर्नु अघि केन्द्रीय तथ्याङ्क विभागबाट प्रमाणित गराउनु पर्छ ।
(२)उपदफा(१) बमोजिम तथ्याङ्क प्रमाणित गर्दा केन्द्रीय तथ्याङ्क विभागले कुनै खर्च व्यहोर्नु पर्ने भए त्यस्तो खर्च समेत तथ्याङ्क प्रमाणित गराउन चाहने व्यक्ति वा संस्थाले केन्द्रीय तथ्याङ्क विभागलाई बुझाउनु पर्नेछ ।
(३) केन्द्रीय तथ्याङ्क विभागको स्वीकृति प्राप्त नगरी कुनै तथ्याङ्क विदेशी व्यक्ति, संस्था वा अन्तर्राष्ट्रिय संस्थालाई उपलब्ध गराउनु हुँदैन।